सभामुखमा न्यौपाने र घिमिरेबीच प्रतिष्पर्धा हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

सभामुखमा न्यौपाने र घिमिरेबीच प्रतिष्पर्धा हुने

सन्दीप शर्मा / माउण्टेन टेलिभिजन एचडी

काठमाडौं । सभामुखमा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे उक्त दलका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाका हुनुहुन्छ । अर्का प्रतिष्पर्धी काँग्रेसकी ईश्वरी न्यौपाने समानुपातिकतर्फकी सांसन हुनुहुन्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका घिमिरेलाई एमाले सहित माओवादी केन्द्र, रास्वापा र राप्रपासहित बहुमतको समर्थन हुने देखिएको छ ।

न्यौपानेको पक्षमा कांग्रेस र नेकपा एसका सांसदको मात्रै समर्थन हुने देखिन्छ । कांग्रेसले समाजवादीसहित जसपा, लोसपा र नगरिक उन्मुक्ति पार्टीसँग छफलफल गरेर सरकार बाहिरका दलबिच मोर्चाबन्दी गर्न खोजेको थियो । तर जसपा, लोसपा र नागरिक उन्मुक्ती पार्टीका सांसदहरु दुवै तिर प्रस्तावक र समर्थक बस्न मानेनन् । उनीहरुले कस्लाई मतदात गर्नछन् ? चासो बनेको छ । सभामुखमा काँग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएपछि महत्वका साथ हेरिएको छ । सभामुखमा उम्मेदवारी दिएका एमाले सांसद देवराज घिमिरेले आफ्नो जित निश्चित रहेको दाबी गर्नुहुन्छ ।

उता बिपक्षी दलबाट उम्मेदवार दिनुभएकी नेपाली कांग्रेसकी सांसद न्यौपानेले पनि आफ्नो जीतको आधार तयार भइसकेको दनाबी गर्नुहुन्छ ।

एमाले सांसद घिमिरेको उम्मेदवारीको प्रस्तावकमा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र समर्थकमा माओवादी नेता हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन रहनुभएको छ । त्यसैगरी कांग्रेस सांसद न्यौपानेको उम्मेदवारी प्रस्तावकमा कांग्रेस महामन्त्री विश्व प्रकाश शर्मा र समर्थकमा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहनुभएको छ ।

सभामुख उम्मेदवारले आफ्नो जीत सुनिश्चित भएको दाबी गरेपनि संसदको अंकगणितले रातारात कुनै नयाँ राजनीतिक घटनाक्रम विकास नभए घिमिरेको पल्लाभारी देखिन्छ । तर, यो निर्वाचनले राष्ट्रपति उपराष्ट्रपतिलगायत महत्वपूर्ण बाँकी पदहरु कस्को पोल्टामा पर्ने हो आँकलन गर्न थप आधार प्रदान गर्ने नै छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);