कांग्रेस सांसद ईश्वरी न्यौपानेद्वारा सभामुखमा उम्मेद्वारी दर्ता, क–कसको समर्थन ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

कांग्रेस सांसद ईश्वरी न्यौपानेद्वारा सभामुखमा उम्मेद्वारी दर्ता, क–कसको समर्थन ?

काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले सभामुखमा उम्मेदवारी दर्ता गराएकी छन् ।

बुधबार बसेको कांग्रेस पदाधिकारी र संसदीय दल बैठकले न्यौपानेलाई सभामुखमा उम्मेद्वारी दिन पठाउने निर्णय गरे सँगै नयाँ बानेश्वरस्थित संसद भवन पुगेर उनले सभामुखमा मनोनयन दर्ता गराएकी हुन् ।

उनको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा कांग्रेस मुख्य सचेतक रमेश लेखक र नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला छन् । कांग्रेसले जसपा र लोसपालगायत दलसँग छलफल गरेर सभामुखमा समर्थन जुटाउने तयारी गरेको छ ।

सभामुख चयनका लागि बिहीबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);