हरेक नीति निर्माण तहमा महिलाको सहभागीता गराउन ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

हरेक नीति निर्माण तहमा महिलाको सहभागीता गराउन ध्यानाकर्षण

काठमाडौं, ६ साउन । अन्तर पार्टी महिला सञ्जालले राजनैतिक र राज्य संरचनाका हरेक नीति निर्माण तहमा महिलाको अनिवार्य सहभागिता गराउन सभामुख अग्नि सापकोटाको ध्यानाकर्षण गराएको छ ।

मंगलबार सञ्जालले लैङ्गिक समानता र सामाजिक न्यायमा आधारित समृद्ध र समुन्नत समाजका लागि नीति निर्माण तहमा महिलाहरुको अनिवार्य सहभागिता गराउन सभामुख सापकोटाको ध्यानाकर्षण गराएको हो । सञ्जालले प्रतिनिधिसभामा उपसभामुख पद रिक्त रहेको प्रति पनि सभामुखको ध्यानाकर्षण गराएको छ ।

सभामुख सापकोटाले आफू सभामुखमा निर्वाचित भएपछि लगातार उपसभामुखको निर्वाचन गराउने बिषयमा सत्तारुढ दलका नेताहरुसंग छलफल गरिरहेको बताउनु भयो ।

उहाँले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुसँग आफूले निरन्तर छलफल गरेपनि अहीलेसम्म उपसभामुखको निर्वाचन हुन नसकेको उल्लेख गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);