संसदबाट सरकारलाई सहयोग नभएको भन्ने दावीमा कुनै सत्यता छैन : सभामुख सापकोटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संसदबाट सरकारलाई सहयोग नभएको भन्ने दावीमा कुनै सत्यता छैन : सभामुख सापकोटा

काठमाडाैं, १२ माघ । सभामुख अग्निप्रसाद सापकोटाले संसदबाट सरकारलाई सहयोग नभएको भन्ने दावीमा कुनै सत्यता नभएको बताउनुभएको छ ।

सोमबार अन्तरपार्टी महिला सञ्जालले संसद सूचारु गर्न माग गर्दै बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले प्रतिनिधि सभाले कहिल्यैपनि सरकारलाई असहयोग नगरेको बताउनुभएको हो ।

संसदले संविधान संसोधन गरेर नक्सा पास गरी अभूतपूर्व एकता देखाएको अवस्थामा सरकारलाई अवरोध सिर्जना ग¥यो भन्नु गलत भएको सभामुख सापकोटाको भनाइ थियो ।

संसद फेरीपनि सूचारु गर्नुपर्छ भन्ने आवाज आइरहेको उल्लेख गर्दै सभामुख सापकोटाले यस सम्बन्धमा आफूले अध्ययन गरिरहेको बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);