सभामुख र सांसदको कर्मले संसद र संविधानप्रति गुमेको जनविश्वास लाई पुनस्थापित गर्नुपर्छ : गगन थापा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सभामुख र सांसदको कर्मले संसद र संविधानप्रति गुमेको जनविश्वास लाई पुनस्थापित गर्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सभामुख र सांसदहरुको कर्मले संसद र संविधानप्रति गुमेको जनविश्वासलाई पुनस्थापित गर्नु पर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्रीको मात्र नभई सभामुख र यो संसद जोगाउन लाग्ने प्रत्येक सांसदको परीक्षाको घडी आएको जिकिर गर्दै सभामुख र सांसदहरु संसद र संविधानप्रति गुमेको जनविश्वासलाई पुनस्थापित गर्न लाग्नु पर्ने बताएका हुन् । उनले भने–‘संविधानको धाराले प्रतिनिधिसभा पुनस्थापना भयो अनि सांसदको अधिकारले सरकार, अब सभामुख र हाम्रो कर्मले संसद र संविधानप्रति गुमेको जनविश्वास लाई पुनस्थापित गर्नुपर्नेछ ।’

त्यसैगरी सांसद थापाले तत्कालीन सरकारले गरेका गल्ती दोहो¥याउने छुट नयाँ सरकारलाई नभएको भन्दै खबरदारी गराएका छन् । उनले केपी ओली नेतृत्वको सरकारले जस्तै संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने, न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने, जनताको दुहाई दिने तर आसेपासे पोस्ने जस्ता कुनै पनि गल्ती गर्न बर्तमान सरकारलाई छुट नभएको बताएका छन् ।

यस्तो हुन न दिन संसदले पनि संकल्प गर्नुपर्ने उनको भनाई छ । उनले अगाडि भने–‘‘ न त यो संसदलाई बेवास्ता गर्न दिइने छ, न त कामविहीन बनाउन । न त मनोमानी ढङ्गले स्थगित गर्न दिइने छ न त छल्न । यो संसद सरकारसँग डराउने होइन । सरकार यो संसदसँग डराउनुपर्ने छ– सांसदको प्रश्नसँग, संसदको निगरानीसँग ।’’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);