सभामुख, सांसदसहित सम्पूर्ण कर्मचारीको कोरोना परिक्षण गरिदैं | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सभामुख, सांसदसहित सम्पूर्ण कर्मचारीको कोरोना परिक्षण गरिदैं

काठमाडौं । प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तगायत सम्पूर्ण सांसद र कर्मचारीको कोरोना परीक्षण गरिदैं छ ।

आगामी बैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका लागि आज र भोलि सभामुखसहित सांसदको कोरोना परीक्षण गर्न लागिएको हो ।

संघीय संसद् सचिवालयका अनुसार नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ल्होत्से हलमा बिहान १० देखि बेलुका ५ बजेसम्म पीसीआर परीक्षण हुनेछ ।

आज सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र सांसद व्यवस्थापन शाखासहित संसद् सचिवालयका सम्पूर्ण कर्मचारीको परीक्षण हुनेछ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालकसहित अरुको पीसीआर परीक्षण भने बिहीबार हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);