संसद अधिवेशन सुरु हुनुअघि सांसदहरुको कोरोना परीक्षण (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

संसद अधिवेशन सुरु हुनुअघि सांसदहरुको कोरोना परीक्षण (फोटो फिचर)

काठमाडौं । प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत सम्पूर्ण सांसद र कर्मचारीको कोरोना परीक्षणका लागि स्वाव संकलन सुरुभएको छ ।

आगामी बैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका लागि सभामुखसहित सांसदको कोरोना परीक्षणका लागि स्वाब संकलन सुरु गरिएको हो । नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ल्होत्से हलमा बुधबार र बिहिबार बिहान १० देखि बेलुका ५ बजेसम्म स्वाब संकलन गरिने छ ।

आज सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र सांसद व्यवस्थापन शाखासहित संसद् सचिवालयका सम्पूर्ण कर्मचारीको तथा बिहीबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालकसहित अरुको स्वाब संकलन गरिने कार्यक्रम छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);