ज.स.पा अध्यक्ष यादवको निवासमा दाहाल र नेपाल छलफलमा | ईमाउण्टेन समाचार

Our Network

साउन १८ २०८३, मंगलबार

ज.स.पा अध्यक्ष यादवको निवासमा दाहाल र नेपाल छलफलमा

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको निवासमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका नेता माधवकुमार नेपाल छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदमा लिने विश्वास मतलाई कसरी असफल बनाउने विषयमा रणनीति बनाउन उनीहरुको बीचमा छलफल भइरहेको बताइएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव ओलीको वहिर्गमनको पक्षमा हुनुहुन्छ भने सोही पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर ओलीलाई प्रधानमन्त्रीको रुपमा निरन्तरता दिने पक्षमा छन्।

तर, जसपा नेपालमा महन्थ ठाकुर अल्पमतमा छन्। माओवादी केन्द्रले बुधबार नै प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

एमालेका माधव कुमार नेपाल पक्षले भने प्रधानमन्त्री ओलीको विश्वासमतमा के गर्ने भनि आधिकारिक निर्णय गर्न सकेको छैन ।

Leave a Reply