गणतान्त्रिक संविधान मार्क्सवाद प्रयोगको उपलब्धि : अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

गणतान्त्रिक संविधान मार्क्सवाद प्रयोगको उपलब्धि : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान नेपाली भूमिमा मार्क्सवादलाई लागू गर्ने क्रमको एउटा उपलब्धि भएको बताएका छन् ।

कार्ल मार्क्सको २ सय ३ औं जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले मार्क्सवादलाई विकास गर्ने क्रममा नेपालमा धेरै संघर्ष भएको उल्लेख गरेका छन् ।

प्रचण्डले जारी गरेकोे सन्देशमा वर्तमान संविधानले निर्देशन गरेको नेपाली मोडेलको समाजवाद स्थापनाको बाटोमा लामवद्ध हुनु अहिलेको आवश्यकता भएको उल्लेख छ । ‘त्यसका लागि भइरहेका सबै प्रकारका प्रतिगामी प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्दै समाजवादको बाटोमा अग्रसर हुन प्रतिगमन विरोधी सम्पूर्ण शक्तिहरुलाई ऐक्यवद्धताका लागि आव्हान गर्दछु’, प्रचण्डले जारी गरेकोे सन्देशमा उल्लेख छ ।

कार्ल मार्क्सले आविष्कार गरेकोे वैज्ञानिक समाजवादको या द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको अनुसन्धान विश्व मानव समुदायका लागि गतिलो वैचारिक हतियार बनेको कुरा सिद्ध भइसकेको प्रचण्डले उल्लेख गरेका छन् । उनले मार्क्सको वैज्ञानिक शिक्षाप्रति इमान्दार र निष्ठावान बन्न पनि आग्रह गरेका छन् ।

मार्क्सवादको आविष्कार पछि इतिहासमा पहिलोपटक वैचारिक रूपले विद्रोह गर्नु श्रमजीवी जनताको अधिकार हो भन्ने मान्यता स्थापित भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । मानव समाजले सृष्टि गरेका कुनै पनि सकारात्मक उपलब्धीको प्रमुख हकदार श्रमजीवी वर्गको हो भन्ने मान्यता कार्ल मार्क्सले स्थापित गराएको प्रचण्डले उल्लेख गरेका छन् ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);