मुलुक सहि बाटोमा आए पनि चुनौती अझै बाँकी छन् : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मुलुक सहि बाटोमा आए पनि चुनौती अझै बाँकी छन् : प्रचण्ड

काठमाडाैं, २७ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थायित्व कायम गरि मुलुकलाई सुशासन र विकास उन्मुख गराउने विषय वामगठबन्धनका लागि चुनौतीपूर्ण भएको बताएका छन् ।

देशभक्त गणतान्त्रिक मञ्चले राजधानीमा शनिबार गरेको कार्यक्रममा अध्यक्ष दाहालले मुलुक धेरै अप्ठ्याराहरु पार गर्दै सही बाटोमा आएको भएपनि चुनौति हटिनसकेको बताए ।

संविधान कार्यान्वयन भएन भने देश के हुने भन्ने दुविधा, शंका र कयौ अप्ठारालाई पार गर्दै प्राप्त ऐतिहासिक उपलब्धि एउटा अवसर र चुनौति दुवै भएको उनको भनाई थियो ।

राजनीतिक स्थायित्व, सुशासन र विकास वामगठबन्धनको औचित्य भएको भन्दै उनले चुनौतिलाई पार गर्दै अवसर उन्मुख हुनुपर्नेमा जोड दि ए ।

अध्यक्ष दाहालले संविधान कार्यान्वय भई राजनीतिक संक्रमण हटिसकेको अवस्थामा राजनीतिक नेतृत्व पनि निराशाको बीचमा नभई नयाँ आत्मविश्वास र उत्साहका साथ अघि बढेको उल्लेख गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);