कांग्रेस वाम गठबन्धन टुटाउने खेलमा लागेको नेम्वाङकाे आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेस वाम गठबन्धन टुटाउने खेलमा लागेको नेम्वाङकाे आरोप

Subash-chandra-Nembang

काठमाडौं, २९ पुस । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले कांग्रेस वाम गठबन्धन टुटाउन लागेको आरोप लगाएका छन् । काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै नेता नेम्वाङ्गले कांग्रेस सत्ता हस्तान्तरणमा ढिला गर्ने र वाम गठबन्धन टुटाउने खेलमा लागेको आरोप लगाए ।

प्रधानमन्त्री शेरबहादुर देउवा स्वयमले गठबन्धनका नेतालाई तपाई ५ बर्ष सरकार चलाउनु हामी समर्थन गर्छौ भन्नुले नै सरकारको नियत स्पष्ट भएको उनले दाबी गरे ।

सत्तारुढ दलकै अर्का नेताले जसरी पनि बाम गठबन्धन टुटाउँछु भन्दै हिंडेको उल्लेख गर्दै उनले टुटाउने र फुटाउने खेलमा सरकार लागेको आरोप लगाए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);