ओली र दाहालले एकै मञ्चबाट भने ‘वाम गठबन्धन टुट्न दिन्नौं’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ओली र दाहालले एकै मञ्चबाट भने ‘वाम गठबन्धन टुट्न दिन्नौं’

kp prachanda

काठमाडौं,१६ पुस ।वाम गठबन्धनका प्रमुख नेता एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन तोड्ने प्रयास भएको बताउँदै यसलाई टुट्न नदिने बताएका छन् । उनीहरूले अब मुलुक वाम गठबन्धनले हाँक्दै आर्थिक समृद्धितिर लैजाने उद्घोष गरे ।

एमाले उपाध्यक्ष वामदेव गौतमको पुस्तक ‘नेपाल नवनिर्माण महाअभियान’ विमोचन समारोहमा ९दायाँबाट० अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेता रामचन्द्र पौडेल र माओवादी केन्द्रका रामबहादुर थापा ।

वाम गठबन्धन टुटाउन दाहाललाई ‘पाँच वर्ष प्रधानमन्त्री चलाउने’ अफर आएको ओलीले बताए । ‘वाम गठबन्धनको बहुमत आएको छ, यसलाई तोड्ने प्रयास भएका छन्, ती प्रयास काम लाग्दैनन्,’ एमाले उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तक विमोचनमा शनिबार उनले भने, ‘उहाँ ९दाहाल० लाई ५ वर्ष प्रधानमन्त्री दिने भन्ने कुरा माया गरेर भनेको हो रु देश बनाउन खोजेको हो रु होइन, यो बिथोल्न, बिगार्न आएको हो । जुन अब सम्भव छैन ।’
वामपन्थी गठबन्धनलाई राष्ट्रनिर्माणको अभिभारा आएकाले यो बिर्सेर आफूहरूले गलत बाटो नसमात्ने उनले प्रतिबद्धता गरे । ‘हामी थुप्रै अनुभवबाट आएका छौं, जनताले हामीलाई जुन हैसियत दिएका छन्, त्यो बिगारेर हामी गलत बाटो समात्छौं भन्ने सोच्नु गलत हो,’ ओलीले प्रदेश २ बाहेक अन्यत्र सबैमा वामपन्थी सरकार बन्ने भएकाले आर्थिक समृद्धि र विकासका काम अघि बढाउनसमेत सहज हुने दाबी गरे ।
निर्वाचन परिणामपछि पनि वर्तमान सरकारले सत्ता छाड्न नमानेको ओलीले आरोप लगाए । ‘बहुमत गुमिसकेपछि पनि केही मान्छे नियुक्ति, पैसा बाँड्नेजस्ता खेलमा लाग्नु हँुदैन, छाडिदिनुपर्छ,’ उनले विगतमा पनि कांग्रेसले सत्ता छोड्न आनाकानी गरेको उदाहरण दिँदै भने, ‘२०६४ को चैतमा चुनाव भएको थियो, माओवादीले अत्यधिक मत ल्यायो तर साउन १९ गते प्रधानमन्त्री छानियो, यसो भन्यो त्यसो भन्यो, त्यान्द्रो समातेर अल्झायो ।’ उनले ०७० को चुनावमा कांग्रेस पहिलो दल बनेपछि उसको नेतृत्वमा सरकार बनाउन आफूहरूले पहल गरेको र आफ्नो सरकार ढाल्ने बेला पनि नयाँ सरकार गठनका लागि संविधानमा रहेको अवरोध बाधारअडकाउबाट खोलिदिएको दाबी गरे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि अब वाम गठबन्धनले एकताबद्ध भएर मुलुक चलाउने बताए । उनले गठबन्धन बिगार्ने प्रयास असफल हुने उल्लेख गर्दै जनताले दिएको मतको सम्मान गरेर अघि बढ्ने धारणा राखे । ‘हामीले स्थायित्व दिन सक्यौं र संस्थागत भ्रष्टाचार निर्मूल गर्न सक्यौं भने ठूलो कुरा हुन्छ,’ अध्यक्ष दाहालले भने, ‘त्यो गर्न सकिएन भने मुलुक फेरि अप्ठेरोमा जान्छ ।’ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा संविधान जारी भइसकेकाले अबको मुख्य ध्यान समृद्धिमा केन्द्रित हुनुपर्ने बताए । पौडेलले राजनीतिक कुरा बोलेनन् । गौतमको किताबमाथि केन्द्रित टिप्पणीमै उनले समय खर्चिए । गौतमको किताबमा विकासका महत्त्वाकांक्षी योजना रहेकाले त्यसलाई पूरा गर्न सके मुलुक समृद्ध बन्न सक्ने पौडेलको धारणा थियो । किताबमा केही ऐतिहासिक घटनाक्रमको उचित मूल्यांकन हुन नसकेको उनले टिप्पणी गरे । राजा महेन्द्रको कुरा गरिरहँदा कांग्रेसका बीपी कोइराला र ०४६ सालको आन्दोलनमा गणेशमान सिंहको भूमिकालगायत विषयमा लेख्न कन्जुस्याइँ गरिएको उनको भनाइ थियो ।
माओवादी अध्यक्ष दाहालले पनि गौतमको पुस्तक समग्रमा राम्रो भए पनि केही घटनाक्रमलाई अत्यन्तै कम महत्त्व दिइएको टिप्पणी गरे । ‘१२ बँुदे सहमतिदेखि अहिलेसम्म आउँदा हामीले धेरै गरेका छौं र ती सम्पूर्ण काममा वामदेवजी पनि लाग्नुभएको हो,’ दाहालले भने, ‘तर पुस्तकमा असाध्य कम चर्चा छ, मानौं केही भएकै छैनजस्तो । यति सजिलो कुरा होइन यो । त्यसबेला हामीले धेरै मिहिनेत गरेका हौं ।’ उनले अन्य मुलुक र विभिन्न भाषामा समेत शान्ति सम्झौता र जनयुद्धका विषयमा धेरै साहित्य सिर्जना भएको प्रसंग उल्लेख गर्दै नेपाली नेताले ‘छ्यास्स’ मात्र लेख्नु न्यायसंगत नभएको उनको तर्क थियो । वाम गठबन्धन निर्माणमा समेत भूमिका खेलेका गौतमले किताबमा उल्लेख गरेका आयोजनालाई अघि बढाउन सक्ने हैसियतमा गठबन्धन रहेको दाहालले उल्लेख गरे । ‘दुस्खका साथ भन्नुपर्छ उहाँले चुनाव हार्नुभयो तर अब उहाँमा राजनीतिकभन्दा विकासको महत्त्वाकांक्षा छ,’ उनले भने, ‘चुनावी परिणामपछिको पहिलो भेटमा उहाँले मलाई केही चाहिएको छैन, नेताहरू र सरकारले आर्थिक विकासको कुनै न कुनै संरचनामा फिट गरिदिए बाँकी जीवन त्यहाँ लगाउँछु भन्नुभएको छ, त्यसका लागि हामी पहल गर्छौं ।’
पुस्तकका लेखक गौतमले ०६७ सालबाट लेख्न थालेर विज्ञ–विशेषज्ञहरूको समेत सल्लाहमा पुस्तक तयार पारेको जानकारी दिए । पुस्तकमा इतिहासका विभिन्न घटनाक्रमदेखि आर्थिक समृद्धिका लागि भावी दिनमा कस्तो अभियान कुन–कुन क्षेत्रमा चलाउने भन्ने तथ्यांकसहितको विश्लेषण छ । उपराष्ट्रपति नन्दबहादुर पुनले पुस्तक विमोचन गरेका थिए भने कार्यक्रममा पुस्तकमाथि युवराज संगौला, मोदनाथ प्रश्रित र सूर्यराज आचार्यले टिप्पणी गरेका थिए । कान्तिपुर पत्रिकाबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);