वाम गठबन्धनलाई टुटाउने खेल सफल हुँदैन : ओली | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

काठमाडौं, १५ पुस । नेकपा एमाले अध्यक्ष केपी ओलीले वाम गठबन्धनलाई टुटाउने खेल सफल नहुने बताएका छन् । शनिबार राजधानीमा आयोजित नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमद्धारा लिखित नेपाल नवनिर्माण महाअभियान पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेस प्रति इंकित गर्दै वामठबन्धनलाई फुटाउने खेल भईरहेको भएपनि त्यो अव सफल नहुने स्पष्ट पारे ।

जनताले मुलुकको सम्वृद्धिको लागि अभिभारा र हैसियत दुवै वामगठबन्धनलाई दिएको भन्दै उनले अब मुलुक राजनीतिक स्थायीत्व सहित आर्थिक सम्वृद्धिको बाटोमा अघि बढ्ने बताए ।

अध्यक्ष ओलीले उपाध्यक्ष गौतमद्धारा लिखित नेपाल नवनिर्माण महाअभियान पुस्तक उपयोगि र महत्वपुर्ण भएको भन्दै अब बन्ने बामगठबन्धन सरकारले सो पुस्तकमा उल्लेखित विषय र मार्गदर्शनलाई विकास निर्माणको सवालमा सक्दो उपयोग गर्ने प्रतिवद्धता जनाए।

ताजा समाचार