ढिला नगरी आर्थिक सम्वृद्धिमा लागौँ : पौडेल | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ढिला नगरी आर्थिक सम्वृद्धिमा लागौँ : पौडेल

ramchandra

काठमाडौं, १५ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक प्रयोगमा नलागि विकासको अभियान अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमद्धारा लिखित नेपाल नवनिर्माण महाअभियान पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै नेता पौडेलले राजनीतिक अलमल्याईमा नलागि विकासको महाअभियानमा लाग्नुपर्ने समय आएको बताए ।

उनले राजनीतिक प्रयोग गर्न थाल्ने हो भने मुलुकको मुख्य आवश्यकता विकास र सम्वृद्धि पछि पर्ने भन्दै ढिला नगरि आर्थिक सम्वृद्धिको महाअभियानमा लाग्नुपर्नेमा जोड दिए ।

उनले कृषि क्रान्ति, पर्यटनको विस्तार र उर्जा शक्तिको विकास गरि आर्थिक सम्वृद्धिको बाटोमा मुलुकलाई डोर्याउन सकिने उल्लेख गर्दै एमाले उपाध्यक्ष गौतमको पुस्तकमा पनि त्यही विषयलाई आधार मानिएकाले विकासको अभियानमा उपयोगी रहेको बताए ।

नेता पौडेलले एकातिर ज्ञान र अर्को तिर काम गर्ने नेपाली शैली र प्रवृतिको अन्त्य हुनुपर्ने बताए । एमाले उपाध्यक्ष गौतमद्धारा लिखित नेपाल नवनिर्माण महाअभियान पुस्तकको विशेष समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुन लगायत नेकपा एमाले, नेकपा माओवादी र नेपाली काग्रेसका वरिष्ठ नेताहरुले संयुक्त रुपमा विमोचन गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);