एकता भाँड्न बिभिन्न तत्वले षडयन्त्र गरिरहेको प्रचण्डको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

एकता भाँड्न बिभिन्न तत्वले षडयन्त्र गरिरहेको प्रचण्डको आरोप

महोत्तरी, ५ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थीबीचको एकता भाँड्न बिभिन्न तत्वहरुले षडयन्त्र गरिरहेको बताएका छन् ।

महोत्तरीको हात्तिनेटामा आयोजित बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता र गठबन्धनको प्रक्रिया शुरु भएदेखि पार्टी एकता हुन नदिन षडयन्त्र भइरहेको बताएका छन् ।

“नेपालमा ७० वर्षदेखि कहिल्यै राजनीतिक स्थिरता भएन, कुनै पनि सरकार पाँच वर्ष टिकेन । त्यसैले सुशासन, समृद्धि र समाजवादी नेपालको लागि कम्युनिष्ट शक्तिबीच एकता र वाम गठबन्धन जरुरी छ भनेर मैले नै प्रस्ताव अगाडि बढाएँ ।” अध्यक्ष प्रचण्डले भने, “जनताको चाहना पनि यही भएकोले अहिले झण्डै दुई तिहाई बहुमत वामपन्थीहरुको आएको छ । तर वाम एकता नहोस् र नेपाली जनताले विकास निर्माण र समृद्धिको यात्रा प्राप्त गर्न नसकुन भनेर देशी विदेशी प्रतिक्रियावादी लागि परेका छन् ।”

प्रदेश र संघको निर्वाचनमा वाम गठबन्धनको झण्डै दुई तिहाई बहुमत आएपछि एमाले र माओवादी केन्द्रलाई प्रलोभन र धम्की दिएर एकता भाँडने षडयन्त्र भएको अध्यक्षले प्रचण्डले बताए । प्रचण्डले भने, “निर्वाचनमा दुई तिहाई आएपछि कहिले माओवादीलाई, कहिले एमालेलाई प्रलोभन र कहिले धम्की दिएर गठबन्धन टुटाउने षडयन्त्र भइरहेको छ ।”

अध्यक्ष प्रचण्डले इतिहासको निर्माण गर्न एक दुई जना नेताको मात्रै भर पर्न नसकिने बताउँदै सिँगो पार्टीका नेता र कार्यकर्ता चनाखो हुनुपर्ने बताए । प्रचण्डले भने, “सबैमा अपील गर्न चाहन्छु, तपाईहरु सतर्क रहनुहोला, सावधान रहनुहोला, ताकि षडयन्त्रकारीको षडयन्त्रमा कोही नफसौं ।”

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);