प्रदेश ७ मा सात सदस्यीय मन्त्रिपरिषद् गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

प्रदेश ७ मा सात सदस्यीय मन्त्रिपरिषद् गठन

मुख्यमन्त्री त्रिलोचन भट्टको सपथग्रहणसँगै सात सदस्यीय मन्त्रिपरिषद गठन, एमालेबाट चार र माओवादी केन्द्रबाट दुई मन्त्री नियुक्त

कैलाली, ५ फागुन । प्रदेश नम्बर ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टको सपथग्रहणसँगै सात सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका भट्टले आज प्रदेश प्रमुख मोहनराज मल्लसमक्ष पद तथा गोपनियताको सपथ लिएसँगै ७ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

प्रदेश नम्बर सातमा एमालेबाट चार र माओवादीबाट दुई मन्त्रीले आजै सपथ लिएका छन् । एमाले र माओवादी केन्द्रबीचको भागबण्डा अनुसार प्रदेश–७ का एमाले संसदीय दलका नेता प्रकाश शाह आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् ।

त्यस्तै मुख्यमन्त्रीको दाबी गरेका माओवादीका झपट बोहराले आर्थिक तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै पठानसिह बोहरा, भौतिक पुर्वाधार तथा योजना, दीर्घ सोडारी सामाजिक विकास, माया भट्ट उद्योग पर्यटन वन तथा वातावरण र विनीता चौधरी भूमि व्यवस्थापन, कृषी तथा सहकारी मन्त्री बनेका छन् ।

मुख्यमन्त्री त्रिलोचन भट्ट

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);