प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, को–को भए मन्त्री ? | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, को–को भए मन्त्री ?

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार माओवादी केन्द्रका दुई र नेकपा एमालेका एकजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । विश्वासको मत लिनुअघि माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरिएको हो ।

आचार्य मोरङबाट, चापागाईं तेह्रथुमबाट र राजभण्डारी सोलुखुम्बुबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनीहरुको मन्त्रालय तोकिएको छैन। यसअघि मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरिसकेका छन् । यसअघि तिलकुमार मेन्याङ्बो, भक्तिप्रसाद सिटौला र निर्मला लिम्बू नियुक्त भइसकेका छन् । सबै मन्त्रीको मन्त्रालय पछि तोकिने बताइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);