वाम गठबन्धन हुँदैमा कांग्रेस आत्तिनु पर्दैनः भिम रावल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, १८ असोज । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले वामपन्थी गठबन्धनबाट नआत्तिन कांग्रेसलाई आग्रह गरेका छन् ।

राजधानीमा बुधबार आयोजित साक्षात्कारमा एमाले उपाध्यक्ष रावलले संविधान प्रभावकारी कार्यान्वयनका लागि वामपन्थी शक्तिहरु एक हुन लागेको भन्दै कांग्रेसलाई नआत्तिन सुझाव दिएका हुन् ।

एकता संविधान कार्यान्वयनको हितमा शक्ति एक हुदाँ कांग्रेसमा अनिष्ट हुने बताएका छन् । उनले सबै दलहरु मिलेर जानुको विकल्प नरहेको भन्दै आफुहरु बाम शति एकिकरण प्रक्रियामा जुटेको बताएका छन् ।

साक्षात्कारमा बोल्दै राष्ट्रिय जनर्मोचाका अध्यक्ष चित्र बहादुर केसीले रंग, भान्सा र बिचार मिल्ने पाटी एक ठाउँमा उभिनु समान्य भएको प्रष्ट पारेका छन् ।

उता, नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी)का बरिष्ठ नेता सीपी गजुरेलले वाम एकतालाई प्रचारबाजी र दक्षिण पन्थीको संज्ञा दिनुभयो । उनले माओवादी र एमालेलाई प्रतिक्रियावादी शतिm भएको आरोप समेत लगाएका छन् ।

नेता गजुरेलले वाम एकतासँगै कांग्रेस नेतृत्वको वर्तमान सरकार अल्पमतमा पनि परेको दाबी गरेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);