निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउन तालमेल : ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउन तालमेल : ओली

काठमाडौ, १८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई समृद्ध बनाउन माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालसँग चुनावी तालमेलसँगै पार्टी एकीकरण गर्ने सहमति गर्नु परेको स्पष्ट पारेका छन् ।

अध्यक्ष ओलीले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा दुई तिहाई बहुमत ल्याएर एमाले नेतृत्वको सरकार बन्नबाट कसैले रोक्न नसक्ने ठोकुवा गरे ।

बुधबार ललितपुरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रहित विरोधी तत्वलाई संसदमा प्रवेश गर्न नदिन पनि माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालसँग एकीकरण गरेर अघि बढने सहमति भएको उनले उल्लेख गरे ।

अध्यक्ष ओलीले स्वाभिमानका साथ मुलुकलाई समृद्ध बनाउने अभियानमा सहभागी हुन काँग्रेस कार्यकर्तालाई पनि आह्वान गरे ।

अध्यक्ष ओलीले काँग्रेससँग इतिहासमात्रै बाँकि रहेको दावी गरे । उनले राणा र राजतन्त्र इतिहास बनिसकेको र इतिहास बन्ने पालो काँग्रेसको आएको बताए । अध्यक्ष ओलीले काँगे्रेस नेतृत्वले सत्ता र शुभलाभ बाहेक अरु केही पनि नदेख्ने आरोप लगाए।

अध्यक्ष ओलीले काँग्रेस कामै नलाग्ने अवस्थामा पुगेको बताए । कार्यक्रममा ललितपुरका विभिन्न पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);