यसकारण एमालेसँग एकीकरणको निर्णय लिनुपर्यो : अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

काठमाण्डौँ, असोज २५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधानले परिकल्पना गरे अनुसारको राज्य निर्माण गर्न एमालेसँग एकीकरण गर्ने निर्णय लिनु परेको स्पष्ट पारेका छन् ।

अध्यक्ष दाहालले एमाले र नयाँ शक्ति पार्टी, नेपालसँग पार्टी एकीकरणका लागि ठूलो बहस हुने र त्यसले संविधानले परिकल्पना गरे अनुसारको समाजवाद उन्मुख राज्य निर्माणका लागि आवश्यक बैचारिक र भौतिक आधार तयार पार्ने दावी समेत गरे ।

बुधबार गणेश साह नेतृत्वको नेकपा संयुक्तसँग पार्टी एकीकरण घोषणा गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमालेसहितका दलहरुबीच पार्टी एकीकरण गर्ने अभियान सुरु भएको र त्यसले एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियानलाई साथ दिने विश्वास पनि व्यक्त गरे ।

अध्यक्ष दाहालले विश्वमा अब नेपालले समाजवादको नयाँ मोडल दिन सक्ने दावी समेत गरे । उनले देशमा २ तिहाई जनमत बामपन्थीहरुको रहेकाले विश्वमा कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको बेला पनि नेपालका कम्युनिष्टहरु भने आक्रामक अवस्था रहेको पनि स्पष्ट पारे ।

अध्यक्ष दाहालले कम्युनिष्ट पार्टीबीचको एकीकरण अभियानलाई पूर्णता दिन जनताको तहसम्मै बहस चलाउने योजना पनि अघि सारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);