गौचनको हत्याप्रति विप्लवको नेकपाले निकाल्यो यस्तो विज्ञप्ति ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

काठमाडौं, २५ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याप्रति नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एक विज्ञप्ति जारी गर्दै घोर भत्र्सना गरेका छन्।

बुधबार विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ राज्यको जिम्मा लिएका व्यक्तिहरू देश लुट्ने भ्रष्टचार, देश बेच्ने राष्ट्रघात, जनताको दमन गर्ने जनघात र जनताको जीवनप्रति खेलवाड गर्ने कार्यमा लिप्त भएका कारण जिम्मेबार नागरिकहरूले दुःखद घटनाहरू बेहोर्नु परेको हो।

विप्लवका यस्तै घटनाले देशमा संसदीय व्यवस्था असफल भएकाले सुरक्षा र शान्तिकालागि वैज्ञानिक समाजवाद आवश्यक रहेको पनि बताएका छन्। नेकपा माओवादीले गौचन घटनाप्रति दुःख व्यक्त गर्दै गोली काण्डका अपराधीहरूलाई कार्यवाही गर्न र परिवारलाई क्षतिपूर्ति दिन आग्रह पनि गरेको छ। काठमाडौंको बानेश्वरमा गौचनको दिउँसो नै गोली हानी हत्या भएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);