विप्लवले गरे जनमतसंग्रहको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विप्लवले गरे जनमतसंग्रहको माग

netra bikram chanada

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ ले जनमतसंग्रहको माग गरेका छन् ।

संसद् विघटन र मध्यावधि निर्वाचन घोषणाबारे एक वक्तव्य जारी गर्दै विप्लवले संसदीय व्यवस्था जनताको चाहना र आवश्यकतासँग मेल नखाएकाले यो सफल नहुने आफूहरूको निस्कर्ष सही साबित भएको दाबी गरेका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै लगभग दुई तिहाइ मतसहित बनेको सरकार चल्न नसक्नु, असफल भएर मध्यावधि जानुपर्ने वाध्यता आउनु कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्थाकै समस्या भएको विप्लवले वक्तव्यमा जिकिर गरेकाे छ ।

साथै, फेरि पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु समस्या समाधान गर्ने नभई देशलाई झन् ठूलो अन्तरविरोध सङ्कटमा धकेल्ने चालमात्र भएको तर्क विप्लवको छ । जारी संकटको निकास निर्विकल्प रूपले समाजवाद मात्र हुने र यो पार्टीको मत, जनताको माग र चाहनासँग जोडिएको विप्लवले उल्लेख गरेका छन् ।

संसद्वादी पार्टी, नेता र सरकार असफल भएकाले अब राज्यको संकटलाई उचित निकास दिने जिम्मा जनतालाई प्रदान गर्नुपर्ने तर्क गर्दै उहाँले जनतालाई नै अबको प्रणाली रोज्ने जिम्मा दिनुपर्ने माग गरका छन् ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);