भूमिसम्बन्धि समस्या समाधान आयोग खारेजीको निर्णय सच्याउन एमालेको माग | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

भूमिसम्बन्धि समस्या समाधान आयोग खारेजीको निर्णय सच्याउन एमालेको माग

काठमाडौं । नेकपा एमालेले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजी गर्ने सरकारको निर्णय सच्याउन माग गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले सरकारको निर्णयले जनताको अपेक्षा र अधिकारमाथि प्रहार भएको भन्दै तत्काल निर्णय सच्याउन माग गरेका छन् ।

प्रवक्ता ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यस निर्णयले विपन्न वर्गका अपेक्षामाथि ठूलो आँच पु¥याएको छ । वर्तमान सरकार जनताप्रति उत्तरदायी छैन र यसले जनताको हित गर्दैन भन्ने कुरालाई यस निर्णयले पुष्टि गरेको छ ।’

मंगलबार बसेको मन्त्रीपरिषद बैठकले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गठन गरेको भूमिसम्बन्धि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);