सरकारले प्रतिपक्षलाई द्वन्द्वका लागि आमन्त्रण गरेको कांग्रेसको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८१, शुक्रबार

सरकारले प्रतिपक्षलाई द्वन्द्वका लागि आमन्त्रण गरेको कांग्रेसको टिप्पणी

काठमाडौं, २१ असार । नेपाली काँग्रेसले सरकारले अघिल्लो सरकारको निर्णय बदर गरेर प्रतिपक्षलाई खुला द्वन्द्वका लागि आमन्त्रण गरेको टिप्पणी गरेको छ ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले अघिल्लो सरकारको निर्णय खारेज गर्ने सरकारको निर्णयले स्थापित कानुनी प्रक्रिया उलंघन गरेको आरोप लगाउँदै तत्काल सच्याउन माग गरेका छन् । बुधबार राति बसेको मन्त्रीपरिषद बैठकले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले भदौै १४ गते पछि गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।

प्रवक्ता शर्माले सरकारको सो निर्णय स्थापित कानुनी मान्यता विपरित भएको दावी गर्दै तत्काल सच्याउन सरकारसँग माग गरे । बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उनले विधिलाई उलंघन गर्ने गरी सरकारले लिएको निर्णय प्रतिवाद गर्दै अघि बढ्ने चेतावनी  दिए । त्यसैगरी काँग्रेसले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै संसदमा पेश गर्न पनि सरकारलाई चेतावनी दिएको छ ।

प्रवक्ता शर्माले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन नगरे, संविधान बमोजिम सभामुख र उपसभामुख छुट्टाछुट्टै दलको हुने व्यवस्थाको परिपालना नगरे, अदालतको अपमान गर्नेलगायतका काम नसच्याए सरकारलाई चौतर्फी दवावको सामना गर्नुपर्ने चेतावनी दिए ।

उनले सरकारले लोकतन्त्रको नाम लिएर स्टालिनवादीको धङधङीयुक्त व्यवहार प्रर्दशन गरेको आरोप लगाउँदै सैह्य नहुने चेतावनी  दिए । सरकार विधि अनुसार नचले आफुहरु हटाउनतर्फ लाग्नुपर्ने अवस्था आउने प्रवक्ता शर्माको भनाई छ ।

काँग्रेसले यस अघि नै सरकारप्रति आक्रोश व्यक्त गर्दै संसद, सडक, संचारमाध्याम, सामाजिक संजाल र सत्याग्रहीको चौतर्फी दवाव सृजना गर्ने चेतावनी दिई सकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);