राष्ट्रपतिको नियतमाथि कांग्रेसको प्रश्न: देउवा र ओलीलाई फरक नजरले हेरेको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राष्ट्रपतिको नियतमाथि कांग्रेसको प्रश्न: देउवा र ओलीलाई फरक नजरले हेरेको आरोप

निर्वाचन गराएको सरकारले सिफारिस गरेका नाम स्वीकृत नगर्नुको कारण खुलाउन राष्ट्रपतिसँग माग

काठमाडौं, ८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीको नियतमाथि प्रश्न उठाएको छ । राष्ट्रिय सभामा देउवा सरकारले सिफारिस गरेका तीन जनाको नाम थाती राखेर ओली सरकारले गरेको सिफारिस स्वीकृत गरेको भन्दै कांग्रेसले आपत्ती जनाएको हो । सानेपास्थित पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरी कांग्रेसले राष्ट्रपतिले चालेको पछिल्लो कदम संविधान विपरित भएको दाबी गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अघिल्लो सरकारले गरेका निर्णय अनुमोदन गर्न ढिलाई गर्ने र वर्तमान सरकारले गरेको निर्णय तत्काल अनुमोदन गर्ने राष्ट्रपतिको कार्य विभेदपूर्ण भएको भन्दै रोष प्रकट गरे ।

प्रवक्ता शर्माले निर्वाचन गराएको सरकारले सिफारिस गरेका नाम स्वीकृत नगर्नुको कारण खुलाउन पनि राष्ट्रपतिसँग माग गरेका छन् । देउवा नेतृत्वको सरकारले चाँदनी जोशी, गोपालबहादुर बस्नेत र कृष्णप्रसाद पौंडेललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो । ती नाम राष्ट्रपतिबाट अनुमोदन हुनै बाँकी थियो ।

तर, मंगलबार अाेली नेतृत्वको सरकारले उक्त निर्णय उल्ट्याएर नयाँ नाम सिफारिस गरी तीन जनाको नाम राष्ट्रपति समक्ष पठाएको थियो । राष्ट्रपतिले ओली सरकारले पठाएका तीन जनालाई तत्कालै स्विकृत गरिन् ।

ओली सरकारको यस कदमले सुरुबाटै प्रमुख प्रतिपक्षी दलसँग दूरी बढाएको प्रवक्ता शर्माले टिप्पणी गरेका छन् । उनले सरकारलाई राष्ट्रिय सभाको सबै निर्वाचन उल्ट्याएर देखाउन सरकारलाई चुनौतीसमेत दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);