कपिलवस्तुमा गुडिरहेको बसमा बम प्रहार, १२ यात्रु घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कपिलवस्तुमा गुडिरहेको बसमा बम प्रहार, १२ यात्रु घाइते

शम्भू माली

कपिलवस्तु, ८ फागुन । कपिलवस्तुमा गुडिरहेको बसमा बम प्रहार भएको छ । काठमाण्डौबाट दाङ जाँदै गरेको बसमाथी कपिलवस्तुमा पेट्रोल बम प्रहार भएको छ ।

कपिवलस्तुको शिवराज नगरपालिका वडा नं. ३ को सुपादेउराली चोकमा बसमा अज्ञात समूहद्धारा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ ।

अज्ञात समूहले प्रहार गरेको पेट्रोल बमबाट बसमा सवारी १२ जना यात्रु घाइते भएका छन । काठमाण्डौबाट दाङका लागि छुटेको ना ६ ख ७९१० नम्बरको बसमा बम प्रहार भएको हो ।

घाइतेहरुलाई संजिवनी सामुदायिक अस्पताल चन्द्रौटामा प्राथमिक उपचार पछि बुटवल रिफर गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख झविन्द्र भट्टराईले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);