डा. गोविन्द केसीद्वारा सर्वोच्चको पेशी अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

डा. गोविन्द केसीद्वारा सर्वोच्चको पेशी अस्वीकार

govinda kc n gopal parajuli

काठमाडौं, ८ फागुन । अदालतको मानहानीको मुद्दामा फागुन ८ गतेको तारिख पाएका डाक्टर गोविन्द केसीले सर्वोच्चको पेशी अस्विकार गरेका छन् ।

पुस २६ गते सर्वोच्च अदालतको आदेश अनुसार अवहेलना मुद्दामा हाजिर हुन डाक्टर केसी मङ्गलबार अदालतमा हाजिर भए । उनले सर्वोच्चमा लिखित जानकारी दिँदै आफ्नो बयान यथावत रहेको बताएका छन् ।

प्रधानन्यायाधीशको गलत निर्णयविरुद्ध अभिव्यक्ति दिँदा न्यायालयविरुद्ध अभिव्यक्ति दिएको नहुने डाक्टर केसीले तर्क गरेका छन् ।

अदालत पुगे पनि केसीले प्रधान्यायाधीश गोपाल पराजुलीको राजीनामा नआएसम्म पेशी अस्विकार गर्ने बताए । डाक्टर केसीले प्रधानन्यायाधीश पराजुलीसँग किर्ते नागरिकता रहेको भन्दै खारेज गर्नुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौमा निवेदन समेत दर्ता गराएका छन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डीनमा डाक्टर शशी शर्मालाई सर्वोच्च अदालतले पुनर्वहाली गरेपछि केसी प्रधानन्यायाधीशविरुद्ध नै अनसन समेत बसेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);