डा. गोविन्द केसीविरुद्ध सर्वोच्चद्वारा 'पक्राउ पूर्जी' जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

डा. गोविन्द केसीविरुद्ध सर्वोच्चद्वारा ‘पक्राउ पूर्जी’ जारी

काठमाडाैं, २४ पुष । अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतले प्रा. डा. गोविन्द केसीविरूद्द ‘पक्राउ पूर्जी’ जारी गरेको छ । डाक्टर केसीले आज त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर अपरान्ह ४ बजेबाट अनसन बसेका छन् । पत्रकार सम्मेलनमा डाक्टर केसीले ‘प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट र माफिया’ भएको आरोप  लगाएका थिए  ।

सर्वोच्च अदालतले डाक्टर शशी शर्मालाई त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डिनमा पुनर्बहालीको आदेश दिएसँगै डाक्टर केसीले आज पत्रकार सम्मेलन गरेर अनसन बसेका हुन् ।

पत्रकार सम्मेलनमा प्रा. डा. गोविन्द केसीले दिएका अभिव्यक्ति विरुद्ध सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु पौडेलले  अदालतको अवहेलना मुद्दा दर्ता गरेका छन् । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजालसले डा.केसीलाई भोलि विहान ९ बजे उपस्थित गराउन गृह मन्त्रालय र  प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

अदालतको मानहानी भएको ठहर भएमा केसीलाई १ बर्ष कैद वा १० हजार जरीवाना वा दुवै सजाय हुनसक्छ । केसीले अदालतमा उपस्थित भएर माफि मागेमा न्यायाधीशले सजाय माफी मिनाह दिनसक्ने कानुनी व्यवस्था छ ।

‘आम जनतामा भ्रम पर्ने गरी नेपालको न्याय व्यवस्था, न्यायपालिका र न्यायाधीशरुका विरुद्ध अमर्यादित, अशिष्ट र अदालतको अवहेलनाजनक अभिव्यक्ति दिएकाले निजलाई अदालतको अवहेलनामा किन कारवाही गर्नु नपर्ने हो ? निजलाई पक्राउ गरी मंगलबार विहान ९ बजे अदालतमा हाजिर हुन उपस्थित गराउनु’ भनि गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सर्वोच्चले आदेश दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);