गोविन्द केसी अनसन स्थलबाटै पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

गोविन्द केसी अनसन स्थलबाटै पक्राउ

काठमाडौं, २५ पुष । प्रधानन्यायधीशको राजीनामा माग गर्दै १४ औं पटक अनसन बसेका चिकित्सक गोविन्द केसी अनसन स्थलबाटै पक्राउ  परेका छन । ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार अपराह्नदेखि अनशन बसेका चिकित्सक केसीलाई अनसन बसेको केही घण्टापछि नै काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले पक्राउ गरेको हो । केसीलाई महानगरीय प्रहरी प्रभाग सिंहदरबारमा राखिएको छ । प्रहरीले सर्वोच्च अदालतको आदेशमा केसीलाई पक्राउ गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजालासले अदालतको अवहेलना गरेको अभियोगमा चिकित्सक केसीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन सोमबार आदेश दिएको थियो । पक्राउ पर्नुअघि चिकित्सक केसीले आफूले अदालतको अवहेलना नगरेको दाबी गरे ।

प्रहरीले सर्वोच्चको आदेश अनुसार आज विहान ९ बजे अदालतमा उपस्थित गराउँदै छ । त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का डिन डाक्टर शशि शर्मालाई सर्वोच्च अदालतले पुनर्बहाली गर्न आदेश दिएपछि केसीले अदालतविरुद्ध अभिव्यक्ति दिएका थिए । केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि भ्रष्ट र माफियाको आरोप लगाउँदै राजीनामा मागेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);