काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन

काठमाडौं, २५ पुष । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक गोविन्द केसीलाई पक्राउ गरिएको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

केसीका समर्थकहरुले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र र पूर्व स्वास्थ्यमन्त्री एवं सत्तारुढ नेपाली काँग्रेसका युवा नेता गगन थापा पनि सहभागी भएका छन  । प्रदर्शनकारीहरुले सर्वोच्च अदालतको विरोधमा नाराबाजी गरेका छन् ।

अदालतको मानहानी गरेको आरोपमा प्रहरीले केसीलाई गएराति अनसनस्थलबाटै पक्राउ गरेको थियो । केसीलाई सर्वोच्चको आदेश अनुसार भर्खरै अदालतमा उपस्थित गराइएको छ । सर्वोच्च अदालतले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीन शशि शर्मालाई पुनर्वहाली गर्न आदेश दिएपछि डाक्टर केसीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीमाथि भ्रष्ट र माफियाको आरोप लगाउँदै राजीनामा माग गरेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);