डा. केसीविरुद्धको मुद्धामा बहस सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

डा. केसीविरुद्धको मुद्धामा बहस सुरु

Sarbocha-Adalat

काठमाडौं, २६ पुष । अदालतको अवहेलना गरेको आरोपमा पक्राउ परेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसीविरुद्धको मुद्धामा बहस सुरु भएको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा आज बहस भइरहेको हो । सर्वोच्चमा बहस भइरहँदा माइतीघर मण्डलामा डाक्टर केसीलाई रिहा गर्न माग गर्दै नाराबाजी भइरहेको छ । डाक्टर केसीलाई हिजो पनि प्रहरी हिरासतमै राख्न अदालतले आदेश दिएको थियो ।

मंगलबार बिहान ९ बजे अदालत पु¥याइएका केसीसँग दिउँसो बयान लिइएको थियो । वयान दिने क्रममा केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले नै अदालतको अवहेलना गरेको बताए । उनले प्रधान्यायाधीश पराजुली न्यायाधीश बन्नसमेत अयोग्य भएको टिप्पणी गरे ।

बयानका क्रममा डाक्टर केसीले पराजुलीको दुई वटा नागरिकता रहेको, उमेर सच्याएको र शैक्षिक प्रमाण पत्र नै फर्जी भएको दाबी पनि गरे । उनले पराजुलीमाथि नै छानबिनको माग गरे । बयान सकिएपछि केसीलाई उपचारका लागि प्रहरीले वीर अस्पताल लगेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);