डाक्टर केसी विरुद्धको मुद्दामा बुधबार मात्र बहस हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

डाक्टर केसी विरुद्धको मुद्दामा बुधबार मात्र बहस हुने

डा. केसी उपचारका लागि वीर अस्पतालमा

काठमाडौं, २५ पुस । अदालतको अवहेलना गरेको आरोपमा पक्राउ परेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसी विरुद्धको मुद्धामा बुधबार मात्र बहस हुने भएको छ ।

बहस हुन बाँकी रहेकाले डाक्टर केसीलाई मंगलबार पनि प्रहरी हिरासतमै राख्न अदालतले आदेश दिएको छ । मंगलबार बिहान ९ बजे अदालत पुर्याइएका केसीसँग दिउँसो बयान लिइएको थियो । वयान दिने क्रममा केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले नै अदालतको अवहेलना गरेको बताएका छन् ।

केसीले प्रधान्यायाधीश पराजुली न्यायाधीश बन्न समेत अयोग्य भएको टिप्पणी गरेका छन् । बयानका क्रममा डाक्टर केसीले पराजुलीको दुई वटा नागरिकता रहेको, उमेर सच्याएको र शैक्षिक प्रमाण पत्र नै फर्जी भएको दाबी गरेका छन् । उनले पराजुलीमाथि नै छानबिनको माग गरेका छन् । बयान सकिएपछि केसीलाई उपचारका लागि प्रहरीले वीर अस्पताल लगेको छ ।

यसैबीच नेपाल चिकित्सक संघले डा. केसीलाई निशर्त रिहाई गर्न माग गरेको छ । आज विज्ञप्ति जारी गर्दै संघले अस्पताल परिसर भित्रबाटै प्रहरीले केसीलाई हिरासतमा लिएको घटना प्रति दुःख व्यक्त गरेको छ । संघका महासचिव डा. लोचन कार्कीद्वारा जारी विज्ञप्तीमा डा. केसीले सत्याग्रहको माध्यमबाट चिकित्साशिक्षा तथा स्वास्थ्य क्षेत्रमा सर्वसाधारणहरुको सहज पहुँच, गुणस्तरीयता र जनसरोकारका विषयमा उल्लेखनिय प्रगति हासिल गराउन सफल भएको उल्लेख गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);