राष्ट्रियसभा निर्वाचनका लागि हालसम्म दश वटा दल दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दल दर्ताका लागि पुस २८ गतेसम्मको सम

काठमाडौं, २५ पुस । राष्ट्रियसभा निर्वाचनका लागि हालसम्म निर्वाचन आयोगमा दश वटा मात्र राजनीतिक दल दर्ता भएका छन् । माघ २४ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि हालसम्म १० वटा मात्र दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित मधेसकेन्द्रित दलले अझै दल दर्ता गराएका छैनन् ।

हालसम्म नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातन्त्रिक), विवेकशील साझा पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले मात्र दल दर्ता गरेका छन् । आयोगले पुस १४ देखि २८ गतेसम्म राष्ट्रियसभा निर्वाचनका लागि राजनीतिक दललाई दल दर्ताको समय दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);