डा. केसीको रिहाइको माग गर्दै विभिन्न ठाउँमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

डा. केसीको रिहाइको माग गर्दै विभिन्न ठाउँमा प्रदर्शन

काठमाडौं, २६ पुष । अदालतको अवहेलना गरेको आरोपमा पक्राउ परेका चिकित्सक गोविन्द केसीको रिहाइको माग गर्दै आज पनि विभिन्न ठाउँमा प्रदर्शन गरिएको छ ।

अदालतमा बहस भइरहेकाबेला डाक्टर केसीका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए । सोलिडारिटी फर डाक्टर केसी एलायन्सले गरेको प्रदर्शनमा सहभागिले डाक्टर केसीको रिहाइको माग गरेको थियो। त्यस्तै सचेत नागरिक समूहले पनि बानेश्वरमा बिहान ५ बजेदेखि दिउँसो २ बजेसम्म धर्ना दिँदै चिकित्सक केसीको रिहाइको माग गरेका थिए  ।

पर्साको वीरगंजका युवाहरुले डाक्टर गोविन्द केसीको रिहाइको माग गरेका छन् । वीरगंज युवा समाजको नेतृत्वमा भएको दवाव मुलक कार्यक्रममा युवाहरुले डाक्टर गोविन्द केसीको रिहाइको माग गरेका हुन् । आई एम विथ डाक्टर केसी लेखिएको व्यानर सहित  भेला भएका युवाहरुले डाक्टर केसी एक्लो छैनन हामी साथमा छौ भन्दै नारा लगाएका थिए । डाक्टर केसीलाई रिहाइ नगरे थप दबाब मुलक कार्यक्रम गर्ने युवा समाजका अध्यक्ष कमल चौगाईले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);