अनसनरत चिकित्सक केसीको समर्थनमा काठमाडौंमा प्रर्दशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, २३ असार । चिकित्सा शिक्षा सुधारको माग गर्दै १५ औं पटक अनसनरत चिकित्सक गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रर्दशन गरिएको छ ।

सोलिडारिटी फर डाक्टर गोविन्द केसी एलाइन्सले शनिबार काठमाडौंको माइतिघर मण्डलामा डाक्टर केसीको माग पुरा गर्न माग गर्दै प्रदर्शन गरेको हो ।

माइतीघर मण्डलाबाट सुरु भएको विरोध प्रदर्शन नयाँबानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सरकार माफियाको पक्षमा गएकोले विज्ञहरुले लामो समय लगाएर तयार पारेको माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न नमानेको आरोप लगाए ।

मानवअधिकारकर्मी इन्द्र अर्यालले डाक्टर केसी र गंगामाया अधिकारीको माग सम्बोधन नगर्नु मानव अधिकारको अपमान र आफैंले बनाएको संविधानको अपमान भएको टिप्पणी गरे । चिकित्सा शिक्षा क्षेत्रको माग गर्दै चिकित्स्क केसी जुम्लामा आमरण अनसन बसिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);