इलाममा अनसन बसेका डाक्टर केसीको समर्थनमा काठमाडाैंमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

इलाममा अनसन बसेका डाक्टर केसीको समर्थनमा काठमाडाैंमा प्रदर्शन

govind_kc

काठमाडौं, २८ पुस । चिकित्सक डाक्टर गोविन्द केसीको समर्थनमा राजधानी काठमाडौंमा प्रदर्शन भएको छ । इलाममा अनसन बसेका डाक्टर केसीको समर्थनमा शनिबार काठमाडाैंको माईतीघरमण्डलामा सोलिडारिटी फर डाक्टर केसी एलाइन्सले प्रदर्शन गरेको हो ।

३ करोड नेपालीलाई धोका दिने कहिले सम्म लेखिएको सोलिडारिटी फर डाक्टर केसी एलाइन्सको व्यानरमा जम्मा भएका प्रदर्शनकारीले ‘मेडिकल शिक्षामा भएका लुटतन्त्र बन्द’ गर लगायतका नारा लगाएका थिए ।

प्रदर्शनकारीले डाक्टर केसीसंग गरिएको सम्झौता तत्काल कार्यान्वय गर्न सरकारसंग माग गरेका थिए । प्रदर्शनमा विवेकशी साझा पार्टीका नेता कार्यकर्ताहरु पनि सहभागी थिए । सरकारले विगतमा गरेको सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक संसदीय समितिबाट पास भएपछि डाक्टर केसी गत बुधबार देखि इलाममा अनशन बसेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);