केसीका समर्थकलाई पनि मानहानीको मुद्दा लगाएर देखाउन गगन थापाको चुनौती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

केसीका समर्थकलाई पनि मानहानीको मुद्दा लगाएर देखाउन गगन थापाको चुनौती

काठमाडौं, २५ पुष । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक गोविन्द केसीलाई पक्राउ गरिएको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । सोलिडारिटी फर डाक्टर केसी एलायन्सले गरेको प्रदर्शनमा पूर्वप्रधानमन्त्रीदेखि पूर्वस्वास्थ्यमन्त्रीसम्म सहभागी भएका छन् ।

चिकित्सा शिक्षामा सुधारको माग राख्दै १३ पटक अनसन बसेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक गोविन्द केसीले १४ औं अनसनमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामाको माग अगाडि सारे । प्रधानन्यायाधीश पराजुलीसहितको इजलासले त्रिभुवन विश्वविद्यालयले चार वर्ष पहिले हटाएका चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डीन डाक्टर शशी शर्मालाई पुर्नबहाली गर्न आदेश दिएपछि केसीले पराजुलीमाथि भ्रष्ट र माफियाको आरोप लगाउँदै उनको राजीनामाको माग राखेर १४ औं अनसन सुरु गरेका थिए । तर अनसनमा बसेको केही घण्टामै केसीलाई पक्राउ गरिएको थियो ।

त्यसैको विरोधमा मंगलबार माइतीघर मण्डलमा केसीका समर्थकहरु प्रदर्शनमा उत्रिएका थिए । केसीको समर्थन तथा पक्राउको विरोधमा प्रदर्शनमा उत्रिनेको भीडमा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री एवं कांग्रेसका युवा नेता गगन थापा र विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र पनि थिए । कांग्रेस नेता थापाले केसीको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरु सबैलाई मानहानीको मुद्दा लगाएर देखाउन चुनौति समेत दिए भने मिश्रले सुशासनको पक्षमा आवाज उठाउँदै आएका केसीलाई पक्राउ गरिनु लज्जाको विषय भएको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);