अनेरास्ववियूद्वारा प्रहरीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अनेरास्ववियूद्वारा प्रहरीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

काठमाडौं, २५ पुष । एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन – अनेरास्ववियूले केही प्रहरी अधिकारीलाई कार्बाही गर्न माग गर्दै मंगलबार राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहेका आफ्ना संगठनका नेता, कार्यकर्तामाथि दमन गरी घाइते बनाउने प्रहरीमाथि कार्बाही गर्न माग गर्दै अनेरास्ववियूले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको हो । यही पुस १८ गते काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि मूल्य वृद्धिको विरोध तथा निर्वाचनको परिणाम तत्काल सार्वजनिक गर्न माग गर्दै सडक आन्दोलन गरिरहेका विद्यार्थीहरुमाथि प्रहरीले लाठी चार्ज गर्दा अनेरास्ववियूका उपाध्यक्ष महेश बर्ताैला, महासचिव ऐन महर, नेता शेखर बोहरा लगायत घाइते भएका थिए ।

यता, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले घटनाबारे जानकारी भईसकेको उल्लेख गर्दै दोषीमाथि कार्बाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने प्रतिवद्धता व्यक्त गरे । अनेरास्ववियूले शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले हस्तक्षेप गर्नु न्यायसम्मत नभएको भन्दै न्यायका लागि अदालत पनि जाने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);