माघ १ गते ४७ हल गोरु जुधाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

माघ १ गते ४७ हल गोरु जुधाइने

काठमाडाैं, २८ पुस । नुवाकोटको तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यसवर्ष ४७ हल गोरु जुधाइने भएको छ । रसुवा नुवाकोट पर्यटन समाजले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरि पर्वबारे जानकारी गराएको हो ।

नुवकोटको तारुकामा २३, बेत्रावतीमा ८, घले गाउँमा १६ तथा धादिङको धुवाकोटमा १८ हल गोरु जुधाउनका लागि दर्ता भएको जानकारी पत्रकार सम्मेलनमा गराईएको छ ।

नुवाकोटको बेत्रावती, र तारुकामा मात्रै मनाईदै आएको यो पर्व यसै वर्षदेखि घले गाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाँकोटमा पनि गोरु जुधाइने पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए ।

गोरु जुधाइँसँगै स्थानीय कला संस्कृति झल्कने झाँकी, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, स्थानीय लोक भजन लगायतका कार्यक्रम पनि यसै वर्षदेखि थप गरिएको आयोजकले बताए ।

तारुकामा पछिल्लो १२ वर्षदेखि मेला व्यवस्थापन गरी एकै स्थानमा गोरु जुधाइँदै आएको छ । प्रतियोगितामा सामेल भएका गोरु शारीरिक रुपमा अशक्त भएमा वा सिङमात्रै भाँचिएमा पनि बीमाको व्यवस्था तथा विजेता ÷उपविजेतालाई पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);