माघे संक्रान्ति पर्वको अवसरमा नुवाकोट र धादिङमा गोरु जुधाईयाे | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार

माघे संक्रान्ति पर्वको अवसरमा नुवाकोट र धादिङमा गोरु जुधाईयाे

काठमाडौं, १ माघ । माघे संक्रान्ति पर्वको अवसरमा नुवाकोट र धादिङका विभिन्न स्थानमा ६५ हल गोरु जुधाइएकाे छ ।

नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा २१ हल, विदुर नगरपालिका–१० स्थित रसुवासँगको संगमस्थल वेत्रावतीमा ११ हल, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडामा आठ हल, लिखु गाउँपालिका–३ कट्टीछापमा तीन हल, तादी गाउँपालिका–४ सातबिसेमा दश हल, शिवपुरी गाउँपालिका–५ शेराबगरको गैरीफाँटमा पाँच हल गोरु जुधाइएको छ ।

त्यस्तै धादिङको निलकण्ठ नगरपालिका–५ खाल्टेको फ्याक्सेमा सात हल गोरु जुधाइएको छ । तत्कालीन बझांगी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघर आउँदा विसं १८८७ मा गोरु जुधाएर मनोरंजन दिलाएको स्मरणमा त्यहाँ हरेक वर्ष मकर संक्रान्ति पर्वको अवसरमा गोरु जुधाई प्रतिस्पर्धालाई मेलाको रुपमा संचालन गर्ने गरिएको छ ।