नुवाकोटको बिभिन्न ठाउँमा गोरु जुधाइयो (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नुवाकोटको बिभिन्न ठाउँमा गोरु जुधाइयो (फोटो फिचर)

शालिकराम चालिसे

नुवाकोट, १ माघ । नुवाकोट र रसुवाको सीमाना बेत्रावतीमा यस वर्ष पनि गोरु जुधाईएको छ । गोसाईकुण्ड युवा क्लबले माघे सक्रान्तीको अवसरमा ढाँडेबगरमा ८ हल गोरु जुधाएर रमाईलो गरिएको छ ।

क्लबले नेपाल भोट युद्धमा सम्झौता भएको सम्झना स्वरुप हरेक वर्ष यहाँ गोरु जुधाएर रमाईलो गर्दै आएको छ । बझाङ्घी राजकुमार जयपृथ्वी बहादुर सिंहले माउली गाउँ तारुका आउँदा उनलाई मनोरञ्जन प्रदान गर्न गोरु जुधाउन थालिएको भनाई रहेको छ ।

अहिले यो संस्कृतीलाई स्थानीयवासीले प्रवद्र्धन गर्ने हिसावले गोरु जुधाउँदै आएका छन् । गोरु जुधेको रमाईलो हेर्न नुवाकोटका विभिन्न गाउँ, अन्य जिल्लाबाट पनि मानिसहरु, बेत्रावती पुगेका थिए ।

यता, माघे सक्रान्तीको अवसरमा नुवाकोटको तार्केश्वर गाउँपालिका–३, तारुकामा पनि २३ हल गोरु जुधाईएको छ । त्यहाँ भोली पनि कार्यक्रम रहेको बताएको छ । तारुकामा गोरु जुधाई प्रतियोगिता उद्घाटन् गर्न युवा तथा खेलकुद मन्त्री जगतमान विश्वकर्मा हेलिकप्टर चढेर आएका छन् ।

बेत्रावतीमा गोरी जुधाई प्रतियोगितामा प्रथम हुने गोरुका धनीलाई तीन हजार, द्धितीयलाई दुई हजार पाँच सय र सवै गोरु जोडीका धनीलाई १ हजार ५ सय नगद पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);