पाल्पाको रामपुरमा व्यवसायिक रुपमा बट्टाई चरा पालन | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

पाल्पाको रामपुरमा व्यवसायिक रुपमा बट्टाई चरा पालन

पाल्पा, १ माघ । पाल्पाको रामपुरमा पछिल्लो समय कृषकहरुले बट्टाई चरा पाल्न सुरु गरेका छन् । छोटो समयमा कम मिहिनत र लगानीमा पनि राम्रो आम्दानी गर्न सकिने भएकाले बट्टाईपालनमा पाल्पाका किसानहरु आकर्षित भएका हुन्।

पाल्पाको रामपुर – ७ सिरपाताका आवास भट्टराईले पछिल्लो समय बट्टाई चराको व्यवसायिक पालन शुरु गर्नुभएको छ  । थोरै लगानीमा बट्टाई चरा पाल्न सकिने र यसबाट धेरै प्रतिफल लिन सकिने भएकाले यसको व्यावसायिक पालनतर्फ आकर्षित भएको कृषक भट्टराईको भनाई छ ।

भट्टराई मात्र होईन लामो समयको बैदेशिक रोजगार अन्त्य गरेर आएका रामपुर ५ बेझाँडका पर्शुराम श्रेष्ठले पनि घरको कौशीमै खोर बनाएर बट्टाई पाल्दै आउनुभएकाे छ ।

सुरुमा बजारिकरणमा केही समस्या भए पनि बट्टाईको मासु र अण्डामा रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले स्वस्थ्यलाई फाईदा दिने हुनाले बजारमा यसको माग बढेको कृषक पर्शुराम श्रेष्ठ बताउनुहुन्छ ।

बट्टाईको मासु र अण्डा सेवनले दम, बाथ, युरिक एसिड, निमोनिया, नियन्त्रणका साथै शारीरिक वृद्धि, र सुत्केरीका लागि विशेष फाइदा पुग्छ । भट्टराईले हाल ७ सय बढी र श्रेष्ठले डेढ सय बट्टाई पाल्दै आउनुभएको छ ।

‘मासुका लागि प्रतिगोटा २ सय देखि २ सय ५० सम्ममा होटलहरुमा विक्री हुँदै आएको छ भने अण्डा प्रति गोटा १० रुपैयाँका दरले विभन्न मासु तथा किराना पसल मार्फत विक्री हुँदै आएको कृषक भट्टराईको भनाई छ ।’

 

व्यवस्थित रुपमा बट्टाई चरा पाल्न सके मासिक ५० हजार भन्दा बढी सहजै कमाई गर्न सकिने उहाँहरुको अनुभव छ । बट्टाई चरा पहाड र तराईका खेतबारी तथा जंगलमा पाईने चरा हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);