बैंकको जागिर छोडर कालिज पालन तर्फ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बैंकको जागिर छोडर कालिज पालन तर्फ

सुवाष आचार्य
पर्वत । पछिल्लो समय ‘जंगली कुखुरा’ भनेर चिनिने कालिजको व्यवसायीक पालन हुन थालेको छ ।

पहाड क्षेत्रमा बसोबास गर्ने जंगली चरा काजिलको सट्टा विदेशी प्रजातिका कालिजको व्यवसायिक पालनबाट आयआर्जनको बाटो रोजेने क्रम बढ्न थालेको छ ।

नेपालमा कालिज प्रजातिका चरा लोप हुने अवस्थामा पुगेको भन्दै सरकारले संरक्षितको सूचिमा राखपनि नेपालमा विदेशी प्रजातिका कालिजको व्यवसायिक पालनबाट आयआर्जनको बाटो खोज्न थालेका छन् । पर्वतका एक युवाले बैकिङ क्षेत्रको जागिर छाडेर कालिज पालन सुरु गरेका छन् ।

लामो समय बैकमा काम गरिरहेका पर्वतको जलजला गाँउपालिका वडा नम्वर ७ लस्तीका यामनाथ आचार्यले जागिर छोडेर कृषि पेसा अपनाएका छन् । लस्ती कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर कालिज ,टर्कि,हास, बाख्रा र माछापालन सुरु गरेका छन् ।

सुरुमा टर्की र माछा पालन सुरु गरेका उनले कालिजको मासु र अण्डा अरु पन्छी भन्दा महंगोमा बिक्री हुने भएकाले कालिज पालन सुरु गरेको बताए । कालिज प्रजातिका चरामा रोग प्रतिरोधी क्षमता बढि हुने भएकाले रोग लाग्ने सम्भावना कम हुने भएकाले पाल्न पनि सहज रहेको उनले बताए ।

कालिजहरुलाई दाना र घाँस दुवै दिएर पाल्न सकिने भएकाले आहारामा समेत कम खर्च लाग्ने उनले बताए । कालिज जंगली प्रजाति रहेकाले उड्ने भएकाले चारैतिर जालीले घेर्नुका साथै आकाश पनि जालीले छेक्नु पर्ने भएकाले खोर बनाउन खर्चिलो रहेको बताए । पछिल्ला वर्षहरुमा युवाहरुले वैदेशिक रोजगारी र देश भित्रको जागिर छाडेर कृर्षि क्षेत्रलाई आम्दामीको वाटोको रुपमा लिन थालेका छन् ।

सुरुमा टर्कि तथा माछापान व्यवसायबाट कर्षि पेसा थालेका आचार्यले बजारको माग अनुसार बाख्रा र कालिज पालन सुरु गरेका हुन । अहिले उनले फर्ममा करिव २५ लाख लगानि गरिसकेका छन् ।

आफ्नै जग्गा भएकोले अहिले पुर्वाधारको काम भैरहेकोले बाख्रा र कालिज पालनलाई प्राथकिमता दिने बताए । अहिले फर्ममा २ सय २० कालिज १ सय भन्दा वढी टर्की , २० वटा बाख्रा र ३ वटा पोखरीमा माछापालन गरिरहेका छन् ।

व्यवासायिक कृषि क्षेत्रमा लाग्नेहरुको लागी लक्षित गरी जलजल गाँउपालिकाले चालु आर्थिक वर्षमा ४५ लाख बजेज विनियोजन गरेकोले सोही रकमबाट कृर्षको मुल्याङकन गरी समान रुपमा सहयोग गर्ने योजना बनाएको जलजला ८ का वडा अध्यक्ष तथा गाँउपालिकाको आर्थिक विकास समितिका संयोजक हरिविकास जिसीले बताए ।

व्यवसायिक रुपमा कृर्षिमा लाग्ने युवाहरुलाई समानरुपमा पालिकाको सहयोग गर्ने जिसीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);