तीन पटकसम्म शिलान्यास भएको अर्घा भगवती विमानस्थल अझै अधुरै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

तीन पटकसम्म शिलान्यास भएको अर्घा भगवती विमानस्थल अझै अधुरै

हैन एउटै कामको शिलान्यास कति पटक गर्ने नेता ज्यू ?

अर्घाखाँची । अर्घा भगवती विमानस्थलको दोस्रो चरणको निर्माण कार्य पुनः सुरु भएको छ । आठ करोड १० लाख रुपैयाँको लागतमा विमानस्थल निर्माण हुन लागेको हो ।

दोस्रो चरणको निर्माणका लागि प्रदीप प्रतिभा खनाल ब्रदर्स जेभीले तीन करोड ५६ लाखमा ठेक्का पाएको छ । नागरिक उड्यन प्राधिकरणसँग एक वर्षको सम्झौता भएर कम्पनीले काम सुरु गरेको छ ।

२०७३ साउनमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले विमानस्थल निर्माणको शुभारम्भ गरेका थिए । पाँच करोड ६९ लाखमा विमानस्थलको रनवेको काम सुरु गरिएको हो ।

अर्घाखाँचीका प्रतिनिधिसभा सदस्यसमेत रहेका रायमाझीले पहिलोपटक १३ असार ०७३ मा विमानस्थल निर्माणको शिलान्यास गरेका थिए । पछि उनले ११ चैत ०७४ र २२ साउन ०७६ गरी तीनपटक विमानस्थलको शिलन्यास गरे ।

तर अझैसम्म पनि काम सम्पन्न हुन सकेको छैन । ०७३ मा शिलन्यास गर्दै रायमाझीले एक वर्षमा काम सक्ने भने पनि पाँच वर्ष बितिसकेको छ । विमानस्थल निर्माणपछि अर्घाखाँचीसहित छिमेकी जिल्ला गुल्मी, प्युठानका नागरिक लाभान्वित हुनेछन् ।

पटक पटक शिल्यान्यास भएपछि अर्घाखाँचिका जनताले नेतालाई सोध्न थालेका छन् : ‘हैन एउटै कामको शिल्यान्यस कति पटक गर्ने नेता ज्यू ?’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);