कोरोनाको मारमा निर्माणधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कोरोनाको मारमा निर्माणधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल

रुपन्देही, ६ फागुन । कोरोना महामारीको कारण भैरहवा स्थित गौतम बुद्ध बिमानस्थलको काम आशा गरिए अनुसार अझै अगाडी बढ्न सकेको छैन । कोरोनाको कारण दक्ष जनशक्ति आउन नसक्दा बिमानस्थल निर्माण कार्य कहिले सम्पन्न हुने भन्ने अन्यौलता देखिएको हो । गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलको पाचौं पटक थपिएको म्याद सकिएको छ ।

कोरोना महामारीका कारण विमानस्थलको काम तोकिएको समयमा सम्पन्न हुन सकेन । सरकारको उच्च प्राथमिकतामा परेकाले विमानस्थल निर्माणलाई तिव्रता दिन नागरिक उड्डययन, संस्कृति तथा पर्यटन मन्त्रालयले चासो दिदै आएको छ । मन्त्री भानुभक्त ढकालले केही दिनअघि विमानस्थल निर्माणबारे निरीक्षण गर्दै कुनै पनि वाहनामा ढिलाई नगर्न निर्देशन दिएका थिए। लकडाउन सुरु हुदा समेत निर्माणको काम एक दिन पनि रोकिएको थिएन ।

विदेशी प्राविधिक आउनु भन्दा अगावै चाहिने स्थानीय प्रविधिकको काम र फाउन्डेसनको सबै काम आयोजनाले लकडाउनकै समयमा गरेको छ । बन्दाबन्दीको समयमा नै जमिन सतहबाट डेढ मिटर तलबाट करिब १ सय ५० मिटर लम्बाईको ५० मिटर चौडाईको चौथो नयाँ ट्याक्सी वेको निर्माण, तारबार र माटो पिलिङ, रंगरोगन, एसी वाइरिङ र रनवेको विद्युतिय काम सम्पन्न भएकोे छ ।

२०२० को डिसेम्बर सम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ पाचौ पटक म्याद थप भएपनि हाल सम्म ९४ दशमलव ५ प्रतिशत भौतिक प्रगति भएको छ । विषम परिस्थितीमा पनि चिनिया सहित सय बढि जनशक्तिको नियमित कामले विमानस्थलको संरचना अन्तिम स्वरुपमा आएको छ । प्राविधिक र उपकरणहरु विदेशमै रोकिदा निर्माण प्रभावित भएको आयोजनाले जनाएको छ ।

हाल सम्म अधिकांस उपकरणहरु आएपनि बाँकी उपकरण र विशिष्ट दक्ष प्राविधिकहरु कहिले आउने भन्ने निश्चित छैन । आइसिबी–१ का लागि चीनको एक जना प्राविधिक सहित नेपाली १५÷१८ जनाको टिमले रनवे र टयाक्सी वे को लाइट जोड्ने काम गरिरहेका छन । त्यस्तै कन्भेयर बेल्ट, एसी र सेन्ट्रल एसीका जडानको काम भारतीय कामदारबाट भइरहेको छ । नेपाल सरकारले २१ वटा राष्ट्रिय गौरवको आयोजना मध्ये पहिलो सम्पन्न हुने आयोजनाको रुपमा यस विमानस्थललाई लिएको थियो ।

सन् २०१४ मा शिलान्यास गरिएको आयोजनाको पाँचौंपटक थपिएको म्याद पनि २०२० डिसेम्बर ३१ देखि सकिएको छ । निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभियसनले निर्माण सम्पन्न नहुने देखिएपछि छैठौँ पटकको म्याद थपका लागि आयोजनालाई निवेदन दिएको छ ।

६ अर्ब ८२ करोडको लगानीमा सम्पन्न हुन लागेको आइसिबी–१ स्तरको विमानस्थल आयोजनामा एडिबीको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३०.५ प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ । यस्तै आईसिबी–२ अन्र्तगत बिमानस्थलमा जडान हुने उपकरणहरुका लागी पनि करिब ५० करोड लगानी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);