गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ३५ प्रतिशत सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ३५ प्रतिशत सम्पन्न

gautam buddha aiport

कपिल अधिकारी
रुपन्देही, २७ चैत
। रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले गति लिएको छ । सरकारले विमानस्थल निर्माणको काम एक बर्र्षभित्र सम्पन्न गर्न निर्देशन दिएपछि गति लिएको हो । अहिलेसम्म विमानस्थल निर्माणको काम ३५ प्रतिशत सकिएको छ । एक बर्षभित्र आयोजनाको काम सक्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तीन बर्षअघि सुरु गरिएको हो । सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य भएपनि ठेकेदार र स्थानीयबीचको विवाद, मधेश आन्दोलन, नाकाबन्दी र भूकम्पको कारण निर्माणमा ढिलाइ भएको हो । अब सन् २०१९ को जुनसम्म निर्माण सम्पन्न गर्ने गरि काम भइरहेको छ । सरकारले एक बर्षभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएपछि कामले गति लिएको हो ।

विमानस्थल बनाउननको लागि सरकारले आवश्यक पर्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सरकारले राष्ट्रिय गौरवको आायोजना भएकाले एक बर्ष भित्र निर्माण सम्पन्न नभए कारबाही गर्ने चेतावनी दिएको छ । सरकारले प्रत्येक १०÷१५ दिनमा प्रगति विवरण पठाउन आयोजनालाई निर्देशन समेत दिएको छ ।

चिनीया ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले बनाइरहेको विमानस्थलको काम अहिलेसम्म ३५ प्रतिशत सकिएको छ । पछिल्लो समय कामले गति लिएकाले एक बर्ष भित्र निर्माण सम्पन्न गर्ने आयोजना र निर्माण कम्पनीले दाबी गरेको छ ।

कुल ६ अर्व २२ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको विमानस्थलमा अहिलेसम्म ३५ प्रतिशत काम सकिएको छ । देशमा एक मात्र त्रिभूवन अन्तराष्ट्रिय विमामानस्थल हुँदा दैनिकजसो जहाजहरु आकाशमा होल्ड गर्नुपर्ने आपत्कालिन अवस्थामा बाह्य मुलुकमा अवतरण गराउनु पर्ने बाध्यता छ । जसका कारण अन्तराष्ट्रिय स्तरमा समेत नेपाली विमानस्थल खराब सुचीमा परेको छ ।

यदि समयमै गौतमबुद्ध विमानस्थल निर्माण गर्ने हो भने देशको गौरव बढ्नुका साथै बर्षौदेखि विमानस्थलमा देखिएको समस्या हल हुने थियो । त्यसैले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कसैले अवारोध नगरि छिटो सम्पन्न गर्न सबैले सहयोग गर्नु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);