मुसहर बस्तिका बालबालिका विद्यालय जानबाट बञ्चित | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

मुसहर बस्तिका बालबालिका विद्यालय जानबाट बञ्चित

musahar basti

राकेश यादव
रौतहट, २७ चैत
। बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन सरकारले प्रत्येक बर्ष तामझामकासाथ भर्ना अभियान संचालन गर्ने गरेको छ । तर रौतहटको कटहरीया नगरपालिका ९ मा रहेको मुसहर बस्तिका बालबालिका विद्यालय जानबाट बञ्चित भएका छन् । विद्यालय टाढा, आर्थिक अवस्था कमजोर र शिक्षकले नपढाउने गरेकाले बालबालिका विद्यालय जाने गरेका छैनन् । विद्यालय जानुपर्ने बालबालिका गोठाले जाने गरेका छन् ।

रौतहटको कटहरीया नगरपालिका ९ मा रहेको मुसहर बस्तीका झण्डै १ सय बालबालिका विद्यालय जानबाट बञ्चित भएका हुन् । विद्यालय टाढा, आर्थिक अवस्था कमजोर र शिक्षकले नपढाउने गरेकाले बालबालिका विद्यालय जाने गरेका छैनन् । पढ्ने उमेरका बालबालिका विद्यालय जानुको सट्टा गोठालो जाने गरेका छन् । बालबालिकालाई विद्यालय पठाउनको लागि पोसाक र किताब किन्न समेत नसकेको अभिभावको गुनासो छ ।

मुसहर बस्तीका बालबालिकाले फोहोर लुगा लगाएर स्कुल आएको भन्दै शिक्षक र साथिहरुले कक्षा कोठाको गेटबाट नै फर्काउने गरेको मुसहरहरुको गुनासो छ । आर्थिक अवस्था कमजोर भएकाले बालबालिकाको लागि नयाँ कपडा किन्न नसक्दा अपहेलित भएको उनीहरुको भनाई छ ।

सरकारले बालबालिकाको शिक्षाको लागि बजेट छुट्टाए पनि मुसहर बस्तीका बालबालिकाले अहिलेसम्म केहि पाएका छैनन् । त्यस्तै बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्था पनि नभएका हैनन् । तर रौतहटको कटहरीयामा रहेको मुसहर बस्तीका बालबालिका विद्यालय बाहिर हुँदा पनि कसैको नजर पर्न सकेको छैन ।

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

७ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

७ घन्टा अघि

Duel Bet: The Casino Showdown

७ घन्टा अघि