कञ्चनपुर मझगाँउ विमानस्थलको रनवेय २५ सय मिटर बनाउँनुपर्छ : पर्यटनमन्त्री आले | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कञ्चनपुर मझगाँउ विमानस्थलको रनवेय २५ सय मिटर बनाउँनुपर्छ : पर्यटनमन्त्री आले

पुष्कर भट्ट कञ्चनपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आलेले कञ्चनपुरको मझगाँउ विमानस्थलको रनवे बृद्धि गर्नुपर्ने बताएका छन । बुधबार मझगाँउ विमान स्थलको शिलान्यास गर्दै पर्यटनमन्त्री आलेले विमानस्थलको रनववे बृद्धि गर्नुपर्ने बताएका हुन । मन्त्री आलेले भविष्यलाई दुरदृष्ट्रिगत राख्दै हाल साविक रहेको १५ सय २५ मिटर बृद्धि गरेर २५ सय मिटर लामो रनवे बनाउनुपर्ने बताएका छन ।

पर्यटन मन्त्री आलेले मझगाँउ विमानस्थलको स्तर बृद्धिका लागि निकुञ्जतर्फ जमिन अधिकरण गर्नुपर्ने बताए । पर्यटनमन्त्री मगरले कञ्चनपुरको मझगाँउ विमानस्थल शुचारुको विकल्प नभएको बताउदै उनले निर्माण कम्पनीलाई स्थानीय स्तरबाट सहयोग गर्नुपर्नेमा जोडदिए । पर्यटकिय, आर्थिक समाजिक एव विवित सम्भावना बोकेको मझगाँउ विमानस्थल थप स्तरबृद्धिका लागि संघीय सरकारले आवश्यक सहयोग गर्ने उनले बताए ।

धनगढीलाई राष्ट्रिय स्तरको विमान स्थल बनाउन आफ्नो पहलमा १ अर्ब बजेट विनियोजन गरेको धनगढी विमानस्थललाई राष्ट्रिय स्तरको र महेन्द्रनगरको विमानस्थल डोमेष्ट्रिक होईन क्षेत्रीय विमानस्थल बनाउँने समेत मन्त्री आलेले बताए ।

महेन्द्र राजमार्गदेखि मझगाउ विमानस्थल जोड्ने सडक समेत स्तरबृद्धि गर्दै चार लेन बनाउनका लागि पहल गर्ने मन्त्री आलेले प्रतिबद्धता जाहेर गरेका छन । यस अघि गत १० कार्तिकमा विमानस्थलको अनुगमनमा आएका मन्त्री आलेले आवश्यक बजेट विनियोजन गर्ने आश्वासन दिएका थिए । ०३० सालदेखि ०५६ साल २६ बर्षसम्म संचालनमा आएको विमान स्थल सरकार सुरक्षाको कारण देखाएर ०६५ सादेखि बन्द गरेको थियो ।

झण्डै ६६ विगाह क्षेत्रफल र १५।२५ मिटर लम्बाई रहेको बिमानस्थल निर्माणका लागि तीनै सरकारको संयुक्त साझेदारीमा बन्नेछ । ५० प्रतिशत संघीय र ५० प्रतिशत पालिका प्रदेश सरकारको लगानीमा बिमानस्थल निर्माण हुनेछ । स्थानीय सरकार मध्ये दोधाराचाँदनी नगरपालिकाले ६२ लाख, ६० हजार, भीमदत्त नगरपालिको ३ करोड ५० लाख र सुप प्रदेश सरकारले ८ करोड, ७५ लाख रुपैया नेपाल नागरिक उड्यान प्राविधिकरणको खातामा जम्मा गरिसकेको छ ।

शिलान्यास भएसँगै २२ वर्षदेखि बन्द रहेको विमानस्थलको पुनःनिर्माण हुने भएको छ । मझगाउँ विमानस्थलमा १ हजार ५ सय मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्यान्डलगायत आवश्यक संरचना निर्माण हुने छन् ।नागरिक उड्डयन प्राधिकरणले भौतिक संरचना निर्माणका लागि २ करोड ५१ लख बजेट विनियोजन गरि ठेक्का सम्झौता समेत गरेको छ । निर्माणको जिम्मा कान्छाराम केएस जेभी निर्माण सेवाले पाएको छ ।

विमानस्थल पुनःनिर्माणका लागि संघ सरकारको ५० प्रतिशत, प्रदेश सरकारको २५ प्रतिशत, भीमदत्त नगरपालिकाको १५ प्रतिशत र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत लगानी रहनेछ। २०६५ सालमा मझगाउँ विमानस्थल बन्द भएको थियो । विमानस्थल बन्द हुनुअघि यहाँबाट सुदूरपश्चिमका पहाडी जिल्ला बैतडीको गोकुलेश्वर, अछाम, बाजुरालगायत स्थानमा उडान हुन्थ्यो । त्यतिबेला सातामा एक पटक काठमाडौं पनि उडान हुने गरेको स्थानीय बताउँछन् । सशस्त्र द्वन्द्वका बेला सुरक्षाको कारण देखाउँदै हवाई सेवा बन्द गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);