पर्यटनमन्त्री ढकाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८३, मंगलबार

पर्यटनमन्त्री ढकाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा

काठमाडौं, ९ चैत। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ७ दिन भित्र सम्पुर्ण कमी कमजोरीलाई सुधार गरी विमानस्थलका हरेक कार्य चुस्त दुरुस्त बनाउन त्रिभुवन विमानस्थल व्यवस्थापनलाई निर्देशन दिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले आइतबार आकस्मिक रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरी व्यवस्थापनलाई यस्तो निर्देशन दिएका हुन्।

उनले विमानस्थल भित्रका पूर्वाधार निर्माण, मर्मत लगायतका कुराले यात्रुहरुलाई दिनुपर्ने सेवामा ढिलासुस्ती भएको र उनीहरुले प्रभावकारी सेवा पाउन नसकेकाले सेवा चुस्त दुरुस्त बनाएको अनुभव यात्रुलाई गराउन निर्देशन दिए ।


मन्त्री ढकालले विभिन्न किसिमका सम्झौता सहमति कार्यान्वयन भए नभएको सम्बन्धमा पनि सचेत हुनुपर्ने बताए । विमानस्थल भित्रको निर्माणको कामले गर्दा कतिपय असहजता थपेकाले सेवा ग्राहीलाई प्रतिकूल असर नपर्ने गरी विमानस्थलका कामकारवाही गराउन पनि निर्देशन दिए ।


अर्को हप्ता पुनःनिरिक्षण गर्न पुग्ने पनि मन्त्री ढकालले बताए ।

Leave a Reply

ताजा समाचार