अर्घाखाँचीमा निषेधाज्ञा केही खुकुलो | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

अर्घाखाँचीमा निषेधाज्ञा केही खुकुलो

अर्घाखाँची। अर्घाखाँचीमा गत साउन २१ गतेदेखि गरिएको कडा निषेधाज्ञा केही खुकुलो हुने गरि भाद्र १८ गतेसम्म लम्ब्याईएको छ ।

मंगलबार बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसि)को बैठकले निषेधाज्ञालाई भाद्र १८ गतेसम्म केही खुकुलो हुने गरि लम्बाउने निर्णय गरेको हो ।

दैनिक उपभोग्य वस्तु तथा सेवाका पसल स्वास्थ्यका सम्पुर्ण मापदण्डहरुको पालना गर्दै बिहान ५ बजे देखि बेलुका ६ बजेसम्म खुल्नेछन् । यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था सामाजिक दुरी कायम गरी नियमित सेवा दिने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए ।

निजी तथा सार्वजनिक यातायातका साधन बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म संचालन गर्न पाईने छ । त्यस्तै पुर्व निर्धारीत परिक्षा पनि संचालन हुनेछन् । पार्टी प्यालेस, होटल तथा रेष्टुरेन्ट, जीमहल, सैलुन, व्युटिपार्लर, डिर्पाटमेन्टल स्टोर, हाटबजार बन्द रहने बैठकले निर्णय गरेको छ ।

सभा, गोष्ठि, तालिम, सेमिनार, समुहमा खेलकुद लगायतका भिडभाँड हुने जस्ता कार्यक्रम गर्न नपाईने प्रशासन कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

हाल अर्घाखाँची जिल्लामा २ सय ९३ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);